मोबाइल एप

धनराज आचार्य

धनराज आचार्य

नगर प्रमुख

mayor@pokharamun.gov.np ०६१-५७५३४० , ९८५६००३०३५
राजन पौडेल

राजन पौडेल

प्रमुख प्रशासकीय अधिकृत

मनहर कडरिया

मनहर कडरिया

आर्थिक विकास महाशाखा प्रमुख

agriculture.pokharamun@gmail.com ९८५६०५३३२०
नवराज अधिकारी

नवराज अधिकारी

प्रमुख कार्यकारी अधिकृत

bpcpokhara.2079@gmail.com 9856003052

व्यवसाय प्रवर्द्धन केन्द्रको संक्षिप्त विवरण

उद्यमशीलता डेस्क व्यवसाय प्रवर्द्धन केन्द्रको प्रमुख सेवा इकाइ हो, जसले उद्यम स्थापना गर्न इच्छुक युवा, महिला, विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा सम्भावित उद्यमीहरूलाई व्यवसायिक सम्भावनाको पहिचान, व्यवसाय योजना निर्माण, उद्यम सञ्चालनसम्बन्धी परामर्श, क्षमता विकास, वित्तीय साक्षरता, व्यावसायिक कोचिङ, मेन्टरिङ तथा उद्यमको तीव्र विकास र विस्तारका लागि आवश्यक सहयोग उपलब्ध गराउँछ। प्रारम्भिक व्यावसायिक अवधारणादेखि उद्यमको विकास, विस्तार र बजारमा स्थापित हुने चरणसम्म निरन्तर मार्गदर्शन, विशेषज्ञ परामर्श तथा प्रवर्द्धनात्मक सहयोग प्रदान गर्नु यस डेस्कको प्रमुख कार्य हो। यस डेस्कले नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गर्न आवश्यक ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्दै स्थानीय स्तरमा उद्यमशील संस्कृतिको विकास, स्वरोजगारका अवसर सिर्जना तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य राखेको छ। हरित रोजगारी तथा उद्यमशीलता इकोसिस्टम कार्य गर्नेछ।
थप पढ्नुहोस्

सूचना तथा समाचार

थप पढ्नुहोस्

वार्षिक विकास कार्यक्रम

कागजातहरू छिट्टै प्रकाशित गरिनेछ।

सबै हेर्नुहोस्

वार्षिक प्रगति

कागजातहरू छिट्टै प्रकाशित गरिनेछ।

सबै हेर्नुहोस्
EMI क्यालकुलेटर
नयाँ व्यवसाय दर्ता
सेवा प्रकार

सोही दिन सर्जमिनको हकमा बढीमा

सेवा समय

लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी

वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी

सेवा दिने कार्यालय

वडा कार्यालय अनुसार फरक अनुसार फरक

सेवा शुल्क

किसिम प्रकृति र पुँजी अनुसार फरक – फरक

आवश्यक कागजातहरु

किसिम प्रकृति र पुँजी अनुसार फरक – फरक

नयाँ व्यवसाय दर्ताका लागि आवश्यक कागजातहरू

  1. निवेदन पत्र
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दूतावासको निजको परिचय खुल्ने सिफारिस
  4. २ प्रति फोटो
  5. घर बहाल सम्झौता
  6. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  7. स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रतिलिपि
व्यवसाय दर्ता गर्न आवश्यक कागजपत्रहरू

नगरपालिकामा दर्ता गर्न आवश्यक कागजपत्रहरू

  1. नागरिकताको प्रतिलिपि
  2. फोटो २ प्रति
  3. सर्जमिन मुचुल्का
  4. वडाको सिफारिस
  5. जग्गाधनी पुर्जाको प्रतिलिपि (भाडामा भएमा भाडा सम्झौता र एकाघरको भएमा सहमति)
  6. जग्गाको मालपोत तिरेको रसिद

घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्न आवश्यक कागजपत्रहरू

  1. नागरिकताको प्रतिलिपि
  2. फोटो २ प्रति
  3. सर्जमिन मुचुल्का
  4. वडा कार्यालयको सिफारिस
  5. नगरपालिकाको सिफारिस
  6. जग्गाधनी पुर्जाको प्रतिलिपि (भाडामा भएमा भाडा सम्झौता र एकाघरको भएमा सहमति)
  7. नोट: छ लाखभन्दा माथि पूँजी भएका व्यवसायहरू मात्र अनिवार्य रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्नेछ।

स्थायी लेखा नम्बर (PAN) लिन आवश्यक कागजपत्रहरू

  1. व्यवसाय दर्ताको प्रतिलिपि
  2. नागरिकताको प्रतिलिपि
  3. वडा कार्यालयको सिफारिस
  4. नगरपालिका कृषि शाखाको सिफारिस
  5. जग्गाधनी पुर्जाको प्रतिलिपि (भाडामा भएमा भाडा सम्झौता र एकाघरको भएमा सहमति)
व्यवसाय दर्ता गर्नुहोस्