व्यवसाय प्रवर्द्धन केन्द्र, कास्की, पोखरा


के तपाईसँग नयाँ सोच छ तर लगानी गर्ने पैसा छैन ? के तपाईसँग नयाँ सौच र लगानी गर्नको लागि पैसा पनि छैन तर उद्यमी बन्न चाहानुहुन्छ? के तपाई कुनै व्यवसाय संचालनको लागि विज्ञसंग परामर्श लिन चाहानुहुन्छ। यदि चाहानुहुन्छ भने पोखरा महानगरपालिकाको व्यवसाय पवर्दन केन्द्रको बिपिसी शाखामा सम्पर्क गनुहोस ।

व्यवसाय प्रवद्धन भनेको के हो ?

पोखरा महागनगरपालिकाको अभियान समृद्ध पोखरा महानगर र सुखी महानगरबासीको लक्ष्य पुरा गर्न महानगर क्षेत्रभित्र रहेका नविन, सृजर्नाशल र प्रतिस्प्रधी नवउद्यमहरुको विकास तथा सम्वर्द्धन मार्फत हरित समाजसेवी र उत्थानशील आर्थीक विकासमा टेवा पुर्याउन नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा तथा वस्तु उत्पादन गर्न व्यवसाय प्रवर्द्धनका लीग अध्ययन, अनुसन्धान, सिकाई र प्रविधि हस्तान्तरणका माध्यमबाट व्यवसाय सञ्चालन लागत न्युनिकरण गरी उत्पादकत्व, उत्पादन र कार्यक्षमता आभिबृधि गर्ने गरी सरकार र निजी क्षेत्रको साझेदारीमा कार्य सञ्चालित केन्द्र हो । नव प्रवर्दन योजनावद्ध ढंगबाट प्रेरित गर्न उद्यमशील व्यवसायिक वातावरण सुजना गर्न र स्वरोजगार तथा रोजगारीको अभियान संचालन गर्ने उद्देश्यले युवा महिला तथा विद्यार्थीलाई नियमित आवश्यक परामर्श, अनुशिक्षण, आवश्यक सहयोग, विज्ञ व्यत्तित्वहरुसंग अनुभव आदान प्रदान सिपमुलक तालिम तथा नयाँ व्यवसाय प्रवर्द्धन गर्न पोखरा महानगरपालिकामा स्थापित व्यवसाय प्रवर्द्धन केन्द्र हो ।

(BPC) को उद्देश्यहरु:

१. नगरका युवाहरुको सीप, दक्षता वृद्धि गरी स्वरोजगारी तथा रोजगारीको प्रवर्दन गर्ने ।

२. नविन सोचलाई प्रोत्साहन उपयुक्त वातावरण तयार गरी उद्यर्माशलता प्रवर्दन गर्ने ।

३. युवा, विद्यार्थीहरुमा नवप्रवर्दनको अवधारणा विकास गरी नयाँ आविष्कारको वातावरण तयार गर्ने ।

४.व्यवसायिक सम्भावनाहरुको ग्रोत पहिचान गरी सहजीकरण गर्ने ।

BPC को मुख्य कार्यक्षेत्र पोखरा महानगरपालिका नै रहेर केहि नयाँ कार्यगर्ने सोच भएका तर के-कसरी गर्ने भन्ने स्पष्ट परिकल्पना गर्न नसकेका व्यवसायीक सोच भएका युवा, विद्यार्थी, उद्यमी, बेरोजगार युवा विदेशबाट फर्किएका युवा उद्यम गर्ने उद्देश्य भएका नगरबासी अपाङ्ग महिला तथा एकल महिला तथा विपन्न, पिछडीएको वर्ग BPC को मुख्य कार्यक्षेत्र हो । छ।

BPC शाखाको संगठनात्मक स्वरुप र यहाँबाट पाइने सेवाहरु:

१. उद्यमशिलाता कक्ष

» परामाशं बिज्ञबाट सेवा सल्लाह

» व्यवसायिक योजना निर्माणमा सहजीकरण

» कच्चा पदार्थ बजारीकरणमा सहजीकरण

» कर्जाका लागी बैंक बित्तिय सस्था सहजीकरण

» दर्ता प्रक्रिया सहजीकरण

» मसिन औजार सम्बन्धि सहजीकरण

» अनुभव आदान-प्रदान सवा २. ब्यबसाय प्रवद्धन

» परामर्श बिज्ञबाट सेवा सल्लाह

» ब्यवसाणिक योजना निर्माण सहजीकरण

» दर्ता प्रक्रिया सहजीकरण ३. नव प्रवर्तन आविष्कार

» विषय बिज्ञद्वारा परामर्श

» शिक्षण अभ्यास सहजीकरण

» सामान्य औजार उपकरणको उपलब्धता

» विश्वव्यागी अनुभव शिक्षण

» अभ्यास कक्षाको उपलब्धता

» निबेदन लेखनको सहजीकरणा ४. नयाँ उद्यम सिर्जना कक्ष

» कार्यकक्ष उपलब्ध हुने » टेलीफोन इन्टरनेट उपलब्ध हुने

» अन्य आवश्यक प्राबिधिक सहयोग