Training Summary
| Name of training: | SIYB तालिम |
|---|---|
| Training Category: | Training |
| Training location: | व्यवसाय प्रवर्द्धन केन्द्र |
| Application start date: | २०८०-११-१७ |
| Apply Before(Deadline): | २०८०-१२-०१ |
| Training start date: | २०८०-१२-०४ |
| Number of days: | 12 days |
Training Description
सुचना ! सुचना !! सुचना !!!
प्रथम पटक प्रकाशित मिति : २०८०/११/१७
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व २०८०/८१ को स्वीकृत व्यावसायिक प्रणाली सुधार कार्यक्रम अन्तर्गत नि:शुल्क SIYB र उद्यमशीलता विकास तालिम यस केन्द्र द्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र रित पुर्वकको आवेदन पेश गर्नुहुन सबैको जानाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .
SIYB तालिम - २० जना - १० दिन - एस.एल.सी पास - जम्मा कक्षा: ४०
आवश्यक कागजातहरु :-
सम्बन्धित वडाको सिफारिस,
प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिकताको प्रतिलिपि १ प्रति,
फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संग्लग्न गराई २०८०/१२/०१ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन फाराम पेश गर्नु पर्नेछ.
तालिम लिन इच्छुक उम्मेद्वार उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननागेको हुनुपर्नेछ .
नोट:
तालिमको आवेदन संख्या आवश्यक भन्दा बढी भएमा अन्तर्वार्ता मार्फत प्रशिक्षार्थीको छनौट गरिनेछ .
तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .