सामाजिक संजाल मार्केटिङ तालिम

२०८३-०२-२९ | Business Promotion

Responsive image

सूचना ! सूचना !! सूचना  !!!

सूचना नं.: २३/०८२/०८३

प्रथम पटक प्रकाशित मिति: २०८३/०२/२९ गते शुक्रबार

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार देहाय बमोजिमको तालिम नि:शुल्क रुपमा यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुको प्रथम पटक प्रकाशित सूचनाको मितिले ७ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .

क्र.स.

तालिमको नाम

तालिमको अवधि

लाभाम्वित संख्या

आवेदकको उमेर

शैक्षिक योग्यता

Social Media Marketing Training

(सामाजिक संजाल मार्केटिङ तालिम)

७ दिन

६० जना

१६ वर्ष पुगी ४५ वर्ष ननागेको

एस.एल.सी/ए.ई.ई. उत्तीर्ण

 

आवश्यक कागजातहरु:

  • सम्बन्धित वडाको सिफारिस,
  • प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गराई २०८३/०३/०४ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ .
  • तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .

अन्तर्वार्ता हुने मिति: २०८३/०३/०५ गते शुक्रबार

समय: बिहान ११:०० बजे

स्थान: सभागृह, कास्की

  • तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .
  • नोट: आवेदन फारम यस केन्द्रले website:                बाट पनि भर्न सकिनेछ .
  • थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला .

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।