साना तथा मझौला उद्योग लगानी प्रवर्द्धन कार्यक्रम ५०% लागत साझेदारीमा सञ्चालन सम्बन्धी सूचना
२०८३-०२-०१ | Business Promotion
साना तथा मझौला उद्योग लगानी प्रवर्द्धन कार्यक्रम ५०% लागत साझेदारीमा सञ्चालन सम्बन्धी सूचना
सूचना नं.: २२/०८२/०८३
प्रथम पटक प्रकाशित मिति:२०८३/०२/०१ गते
प्रस्तुत विषयमा स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन, सबलीकरण तथा स्तरवृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, व्यवसाय प्रवर्द्धन केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार “साना तथा मझौला उद्योग /लगानी प्रवर्द्धन कार्यक्रम” ५०% लागत साझेदारीमा सञ्चालन गरिने भएकोले इच्छुक साना तथा मझौला उद्योग, फर्म,कम्पनी, सहकारी, उद्यमी समूह तथा व्यवसायीहरूले यो सूचना प्रकाशित मितिले ७ दिन भित्र प्रस्ताव पेश गर्न आह्वान गरिन्छ ।
प्रस्तावसँग संलग्न गर्नुपर्ने कागजातहरू
- निवेदन
- उद्योग/ फर्म र कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- PAN/ VAT दर्ता प्रमाणपत्र
- प्रस्तावित कार्यक्रम र परियोजनाको विस्तृत विवरण
- लागत अनुमान तथा कार्ययोजना
- साझेदारी प्रतिबद्धता पत्र
- गत(२०८१/०८२) आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र
प्रस्ताव पेश गर्न सक्ने निकाय र व्यक्ति
- दर्ता भएका साना तथा मझौला उद्योग
- घरेलु तथा साना उद्योग
- कम्पनी, फर्म तथा सहकारी संस्था (उद्योग संचालन भएमा)
- स्टार्टअप उद्यम तथा उत्पादनमूलक तथा सेवा क्षेत्रमा औद्योगिक, अन्य
आवेदन पेश तथा थप जानकारीका लागि: फोन ०६१-५९११०८, इमेल: bpcpokhara.2079@gmail.com
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।