Ideas: Future Leaders of Pokhara 2026

२०८३-०१-१४ | Business Promotion

Responsive image

सूचना ! सूचना !! सूचना !!!

प्रकाशित मिति: २०८३/०१/१४ गते सोमबार

सूचना नं.: १९/०८२/०८३

विषय: Ideas: Future Leaders of Pokhara 2026

प्रस्तुत विषयमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम आ.व.२०८२/८३ को पोखरा आईडिया मार्टमा नेपाली युवा उद्यमी मञ्च, पोखरा च्याप्टरसँगको साझेदारीमा युवालाई आवश्यक स्रोत, मार्गदर्शन, र अवसरहरूको पहुँच वृद्धि गरी उद्यमशिलता तथा नेतृत्व विकास गर्ने उद्देश्यले “Ideas: Future Leaders of Pokhara 2026” कार्यक्रमका रुपमा संचालन हुन लागेकाले सो कार्यक्रममा सहभागी हुन चाहाने ईच्छुक नागरिकहरुले सूचना प्रकाशित मितिले १० दिन भित्र कार्यालयमा आवेदन तथा अनलाईन फारम भरि आवेदन दिनु हुन अनुरोध छ .

 

 

 

न्युनतम योग्यता:

  • १०+२ तह उत्तीर्ण हुनु पर्ने,
  • व्यवसायिक सोच र उद्यमशीलतामा रुची भएको,
  • नेपाली नागरिकताको प्रतिलिपि,
  • Concept Note (Why you want to participate in this program – 200 words)
  • अनलाइन फारम: https://bit.ly/future_leaders_of_pokhara

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।