दक्ष कामदारको नक्शांकन र दर्ताका लागि तथ्यांक संकलक आवश्यकता सम्बन्धि सूचना
२०८३-०१-०२ | Business Promotion
सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: १४/०८२/०८३
प्रकाशित मिति: २०८३/०१/०२ गते
दक्ष कामदारको नक्शांकन र दर्ताका लागि तथ्यांक संकलक आवश्यकता सम्बन्धि सूचना
गण्डकि प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र यस पोखरा महानगरपालिकाको लागत साझेदारीमा सञ्चालन हुने “दक्ष कामदारको नक्शांकन तथा दर्ता” कार्यक्रमको प्रयोजनार्थ विभिन्न वडामा रही सिप सम्बन्धी काम गर्ने दक्ष कामदारहरूको घर वा कार्यस्थलमा पुगेर आफ्नै स्मार्ट मोबाइल प्रयोग गरी Google Form मार्फत तथ्याङ्क संकलन गर्ने संकलकहरु आवश्यक परेको हुँदा तपशिल योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजात सहित कार्यलय समय भित्र निवेदन दिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।
- आवश्यक तथ्यांक संकलकको संख्या : १५ जना
- तथ्यांक संकलकको आवश्यक योग्यता :
- कम्तिमा SLC/SEE उत्तीर्ण गरेको
- स्थानीय तहमा सिप सम्बन्धीका श्रमिकहरु, अनौपचारिक कामदारहरुको समूह, नेटवर्क, संघ संगठनबारे राम्रो सम्पर्क भएको साथै सिप परीक्षणबारे राम्रो जानकारी भएको व्यक्ति,
- आफ्नै स्मार्ट फोन भएको र डाटा प्रयोग गरि Google form मा भएका प्रश्नावली अनुसार तथ्याङ्क संकलन गरी दर्ता गर्न सक्ने,
- सिप परीक्षणको सूचना अनुसार मिल्दो पेशाका दक्ष कामदार भेटिएमा सिप परीक्षणको फारम भराउन सक्ने व्यक्ति
- तथ्यांङ्क गोपनियता राख्न र दर्ता प्रकियाको अन्तिमसम्म जिम्मेवार हुन सक्ने व्यक्ति।
सिप परीक्षण मूल्यांकनकर्ता वा तह २ को सिप परीक्षण उत्तीर्ण गरेको व्यक्ति, वा TVET विद्यालयमा कार्यरत प्राविधिक प्रशिक्षक, वा सामुदायिक सिकाइ केन्द्रका परिचालक, वा सामाजिक परिचालक भई कार्यरत व्यक्तिहरूलाई क्रमशः प्राथमिकता दिइनेछ ।
- पारिश्रमिक : प्रति दिनमा १२ वटा फाराम संकलन गरे बापत १ दिनको गणना हुने र प्रति दिनको रु १,३०० का दरले भुक्तानी दिइनेछ ।
- निबेदन पेश गर्ने स्थान : व्यवसाय प्रवर्द्धन केन्द्र, सभागृह पोखरा
वा श्रम तथा रोजगार शाखा, पोखरा महानगरपालिका नयाँबजार पोखरा
- सम्पर्क विष्णु प्रसाद दाहाल, ९८५६००१००२
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।