सिप मुलक तालिमका लागि कोटेशन पेश गर्ने सम्बन्धमा
२०८२-१२-२७ | Business Promotion
सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: १३/०८२/०८३
सिप मुलक तालिमका लागि कोटेशन पेश गर्ने सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति: २०८२/१२/२७ गते शुक्रबार
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँगको साझेदारीमा तपसिल बमोजिमका सिप विकास तालिमहरु यस केन्द्रद्वारा मिति २०८२/१२/२६ गते प्रकाशित सूचना अनुरुप संचालन गर्नका लागि संस्था / फर्म/ कम्पनिले यो सूचना प्रकाशित मितिले ७ दिन भित्र व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा आवश्यक कागजात सहित निवेदन दिनुहुन सुचित गरिन्छ .
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।