Digital Gov Hackathon (ICT Bootcamp कार्यक्रम)

२०८२-११-२६ | Business Promotion

Responsive image

सूचना ! सूचना !! सूचना !!!

सूचना नं.: ११/०८२/०८३

प्रकाशित मिति: २०८२/११/२६ गते

Digital Gov Hackathon (ICT Bootcamp कार्यक्रम)

प्रस्तुत विषयमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रको स्वीकृत वार्षिक कार्यक्रम आ.व. २०८२/८३ अनुसार युवाहरूमा सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी व्यवहारिक सीप विकास गरी डिजिटल सुशासन, नवप्रवर्तन तथा व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले ICT Bootcamp कार्यक्रम अन्तर्गत "Digital Gov Hackathon" संचालन हुन लागेको हुँदा सो कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरूले सूचना प्रकाशित मितिले १० दिन भित्र यस केन्द्रमा वा उपलब्ध अनलाइन फारम भरी आवेदन दिनु हुन अनुरोध गरिन्छ ।

उक्त कार्यक्रम अन्तर्गत सहभागीहरूलाई १० दिने ICT Bootcamp तालिम प्रदान गरिनेछ र सो तालिम पश्चात ३ दिने Digital Gov Hackathon मार्फत सरकारी/पोखरा महानगरपालिकासँग सम्बन्धित समस्या वा उपलब्ध गराइएको विषयमा नवप्रवर्तनात्मक समाधान (Digital Prototype) को प्रस्तुति गर्नुपर्नेछ । उत्कृष्ट प्रस्तुति गर्ने टिमहरूलाई प्रोत्साहन स्वरूप पुरस्कारको व्यवस्था गरिएको छ (प्रथम: रु. ५०,०००/-; द्वितीय: रु. ४०,०००/-; तृतीय: रु. ३०,०००/-) ।

आवश्यक कागजात:

१०+२ वा सो सरह उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपि,

नेपाली नागरिकताको प्रतिलिपि/राष्ट्रिय परिचय पत्र

(उमेर समुह:१६-४० वर्ष सम्म),

सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा रुची तथा ज्ञान भएको उल्लेख गरिएको संक्षिप्त विवरण (Statement of Purpose) बुझाउनु पर्ने ।

Digital Governance मार्फत सार्वजनिक सेवा सुधारसँग सम्बन्धित समस्या पहिचान तथा समाधानको अवधारणा समेटिएको संक्षिप्त विवरण (Concept Note) ।

 

नोट:

कार्यक्रममा बढी ४० जना सहभागी गरिनेछ । कार्यक्रम सहभागी छनौट Statement of Purpose (SOP) तथा Concept Note को आधारमा गरिनेछ ।

अनलाईन फारम:

https://bit.ly/bpcbootcamp

 

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।