स्थानीय पर्यटक पथ प्रदर्शक (City Tour Guide) लाई पुनर्ताजगी तालिम (Refreshment Training) दोस्रो पटक प्रकाशित मिति: २०८२/१०/२३ गते शुक्रबार

२०८२-१०-२४ | Business Promotion

Responsive image

सूचना नं.: १०/२०८२/०८३

सूचना ! सूचना !! सूचना !!!

दोस्रो पटक प्रकाशित मिति: २०८२/१०/२३ गते शुक्रबार

यस पोखरा महानागरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पर्यटकीय गन्तव्य बारेमा थप जानकारी र क्षमता विकास गराउनका लागि स्थानीय पर्यटक पथ प्रदर्शक (City Tour Guide) लाई पुनर्ताजगी तालिम (Refreshment Training) आयोजनाका लागि यस अघि मिति २०८२/०५/२० मा सूचना प्रकाशन गरिएको र Genz आन्दोलनका कारण रोकिएकाले सो तालिम तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले दोस्रो पटक प्रकाशित मितिले ७ दिन भित्र व्यवसाय प्रवर्द्धन केन्द्रमा आवेदन दिनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ .

 

अभिमुखीकरण कार्यक्रम हुने मिति: २०८२/११/०१ गते

समय: बिहान १०:३० बजे

स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह, कास्की 

 

आवश्यक कागजात:

  • न्यूनतम City Tour Guide तालिम लिएको प्रमाण पत्रको प्रतिलिपि,
  • नागरिकताको प्रतिलिपि,
  • अनुभावको प्रमाण कुनै पनि ट्राभल्स वा ट्रेकिङ एजेन्सी वा पर्यटन कार्यालयमा दर्ता भएका एजेन्सी, कम्पनि, फर्म,
  • आवेदन फर्म,
  • २ वटा फोटो .  

 

अनलाईन आवेदन फारम: https://bit.ly/2082citytourguide

सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह

यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।