मौरीपालक (Bee Keeper) तालिम

२०८२-०९-२२ | Business Promotion

Responsive image

सूचना ! सूचना !! सूचना  !!!

सूचना नं.: ००९/०८२/०८३

प्रथम पटक प्रकाशित मिति: २०८२/०९/२२ गते मंगलबार

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्र र अन्नपूर्ण बहुप्राविधिक शिक्षालय कास्कीको संयुक्त आयोजनामा नि:शुल्क ६५ दिने (३९० घण्टा) तालिम संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुको प्रथम पटक प्रकाशित सूचनाको मितिले ७ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .

क्र.स.

तालिमको नाम

तालिमको अवधि

लाभाम्वित संख्या

आवेदकको उमेर 

शैक्षिक योग्यता

संचालन स्थान

मौरीपालक

(Bee Keeper)

३९० घण्टा

२० जना

१८ वर्ष माथि

साधारण लेखपढ

लेखनाथ क्षेत्र

 

आवश्यक कागजातहरु:

  • सम्बन्धित वडाको सिफारिस,
  • प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, संलग्न गराई २०८२/०९/२८ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ .
  • आवश्यक संख्या भन्दा बढी हुन गएमा तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .

अन्तर्वार्ता हुने मिति: २०८२/१०/०६ गते मंगलबार

समय: बिहान ११:०० बजे

स्थान: सभागृह हल, पोखरा – ०८

  • तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .

थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला . सूचना अधिकारी: ९८५६०७००३७