पोखरा महानगरपालिका स्थानीय उत्पादन प्रवर्द्धन प्रोत्साहन/ ब्राण्डिङ्ग कार्यक्रम (Make in Pokhara Made in Pokhara) को लागि आवेदन माग सम्बन्धि सूचना

२०८२-०९-१७ | Business Promotion

Responsive image

पोखरा महानगरपालिका स्थानीय उत्पादन प्रवर्द्धन प्रोत्साहन/ ब्राण्डिङ्ग कार्यक्रम (Make in Pokhara Made in Pokhara) को लागि आवेदन माग सम्बन्धि सूचना

सूचना नं.: ०८/२०८२/०८३

प्रथम पटक प्रकाशित मिति: २०८२/०९/१७ गते सोमबार

यस पोखरा महानागरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय उत्पादन प्रवर्द्धन प्रोत्साहन/ ब्राण्डिङ्ग  (Make in Pokhara Made in Pokhara) कार्यक्रम अन्तर्गत इच्छुक फर्म, कम्पनि, समुह, सहकारी, तथा संघसंस्थाहरुले पोखरा महानगरपालिकाको ५०% लागत साझेदारी कार्यक्रम अन्तर्गत यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा तपसिलका आवश्यक कागजात सहित यस केन्द्रको कार्यालयमा प्रस्ताव पेश गर्नुहुनका लागि यो सूचना प्रकाशन गरिएको छ .

क्र.स.

कार्यक्रम/आयोजना/ क्रियाकलापको नाम

परिमाण

बजेट रु.

स्थानीय उत्पादन प्रवर्द्धन प्रोत्साहन/ ब्राण्डिङ्ग  (Make in Pokhara Made in Pokhara)

मागको आधारमा

१५,००,०००/-

 

आवश्यक कागजात:

  •  दर्ता प्रमाण पत्रको प्रतिलिपि प्यान, करचुक्ता आ.व २०८१/०८२ नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि .
  • पोखरा महानगरपालिकामा व्यवसाय दर्ता / सुचिकृत भएको प्रमाण खुल्ने कागजात .
  • सम्बन्धित वडा कार्यालयको सिफारिस .
  • उत्पादन मुलक वस्तु, सेवा, उद्योग, नाम, किसिम लघु घरेलु उद्यम व्यवसाय कार्यक्रम भित्र समावेश .
  • व्यवसायिक कार्य योजना (हालको अवस्था, हालको उत्पादन, अनुमानित उत्पादन, लागत साझेदारी गर्ने स्पष्ट खुल्ने आर्थिक योजना समेत समावेश गर्नु पर्नेछ .
  • उत्पादित वस्तु स्थानीय कच्चा पदार्थमा आधारित हुनुपर्नेछ . उत्पादन तथा उत्पादकत्व वृद्धि हुने योजनामा जोड दिने . मेक इन पोखरा मेड इन पोखरा ब्राण्डिङ्ग गर्न सकिने (उत्पादन, सेवा, वस्तु)  .
  • निर्वाहमुखी भन्दा बजारमा विक्री वितरण गरी आय आर्जन हुने योजना हुनु पर्नेछ .

 

सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह , कास्की