उद्यम क्लिनिक संचालनमा आसय पत्र पेश गर्ने सम्बन्धमा .
२०८२-०९-०८ | Business Promotion
सूचना! सूचना!! सूचना!!!
सूचना नं.: ०७/२०८२/०८२
प्रथम पटक प्रकाशित मिति: २०८२/०९/०७ गते मंगलबार
विषय: उद्यम क्लिनिक संचालनमा आसय पत्र पेश गर्ने सम्बन्धमा .
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रले महानगरपालिका भित्र रहेका उत्पादन र सेवा मुलक क्षेत्रका व्यवसायहरुलाई उद्यम क्लिनिक मार्फत व्यवसायको चेक, जाँच र समस्या पहिचान गर्नुका साथै समाधानका उपाय पहिचान गरी व्यवसायलाई दिगो बनाउने उद्देश्यले उद्यम क्लिनिक संचालन गर्न लागिएको जानकारी गराउंदै उक्त उद्यम क्लिनिकमा समावेश हुन चाहाने तपशिल बमोजिमको विज्ञता भएको संस्थाहरुलाई आवश्यक कागजात सहित सूचना प्रकाशन मितिले ७ दिन भित्र आसय पत्र पेश गर्नु हुन सूचना प्रकाशन गरिएको छ .
तपसिल
- विज्ञको क्षेत्र:
- आर्थिक विज्ञ (अडिटर/ सी.ए. विज्ञ)
- मार्केटिङ विज्ञ
- प्राविधिक / सामाजिक विज्ञान विज्ञ
- तोकिएको क्षेत्रका ३ जना विज्ञ (उत्पादन मुलक तथा सेवा मुलक क्षेत्र)
- आवश्यक कागजात:
- फर्म/संस्था दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
- आघिल्लो आर्थिक वर्षको करचुक्ता / अडिट रिपोर्ट
- स्थायी लेखाको नम्बरको प्रतिलिपि
- विज्ञको CV र अन्य शैक्षिक कागजात
- संचालन गर्न आर्थिक कोटेशन खाम बन्दि
सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह , कास्की