सिप विकास तालिमको सूचना २०८२/०७/१९
२०८२-०७-२० | Business Promotion
सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: ००३/०८१/०८२
प्रथम पटक प्रकाशित मिति: २०८२/०७/१९ गते बुधबार
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार देहाय बमोजिमका सिप विकास तालिमहरु नि:शुल्क रुपमा यस केन्द्रद्वारा संचालन गरिने हुँदा तपशिल बमोजिमका योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुको प्रथम पटक प्रकाशित सूचनाको मितिले १५ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .
|
क्र.स. |
तालिमको नाम |
तालिमको अवधि |
लाभाम्वित संख्या |
आवेदकको उमेर |
शैक्षिक योग्यता |
|
१ |
मनोसामाजिक परामर्शकर्ता |
७८० घण्टा |
२० जना |
१८ वर्ष पुगी ४५ वर्ष ननागेको |
+२ उत्तीर्ण |
|
२ |
सैलुन |
३९० घण्टा |
२० जना |
कक्षा ८ उत्तीर्ण |
|
|
३ |
व्युटी पार्लर |
३९० घण्टा |
२० जना |
एस.एल.सी/ए.ई.ई. उत्तीर्ण |
|
|
४ |
क्यामेरा मर्मत |
३६० घण्टा |
२० जना |
एस.एल.सी/ए.ई.ई. उत्तीर्ण |
|
|
५ |
विधुतीय सवारी साधन प्राविधिक |
३९० घण्टा |
२० जना |
कक्षा ८ उत्तीर्ण |
|
|
६ |
वित्तीय साक्षरता (ToT) |
१० दिन |
२० जना |
स्नातक उत्तीर्ण |
|
|
७ |
उद्यमशिलता विकास (ToT) |
१२ दिन |
२० जना |
स्नातक उत्तीर्ण |
|
|
८ |
सहायक स्पा उपचारक |
३९० घण्टा |
२० जना |
साधारण लेखपद |
|
|
९ |
कार्यक्रम व्यवस्थापन (Event Management) |
४८ घण्टा |
२० जना |
+२ उत्तीर्ण |
आवश्यक कागजातहरु:
- सम्बन्धित वडाको सिफारिस,
- प्रशिक्षार्थीले आवेदन फर्म भर्न नेपाली नागरिताको प्रतिलिपि १ प्रति, फोटो १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गराई २०८२/०८/०३ गते कार्यालयको समय भित्र कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ .
- तालिमका लागि अन्तर्वार्ता मार्फत प्रशिक्षार्थी छनौट गरिनेछ .
अन्तर्वार्ता हुने मिति: २०८२/०८/०८ गते सोमबार
समय: बिहान ११:०० बजे
स्थान: आर्थिक विकास महाशाखा, जनप्रिय क्याम्पस गेट अगाडी
- तालिमको आवेदन संख्या आवश्यक भन्दा कम भएमा तालिम संचालन गर्ने नगर्ने निर्णय केन्द्रमा निहित रहनेछ .
- नोट: आवेदन फारम यस केन्द्रले website:https://bpc.pokharamun.gov.np/vacancy/trainings/ बाट पनि भर्न सकिनेछ .
- थप जानकारीको लागि व्यवसाय प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्नु होला .
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।