अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिताका लागि टिम दर्ता सम्बन्धि सूचना .
२०८२-०५-२२ | Business Promotion
सूचना नं.: ००२/०८२/०८३
अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिताका लागि टिम दर्ता सम्बन्धि सूचना .
(प्रकाशित मिति: २०८२/०५/२२ गते आईतबार)
प्रस्तुत विषयमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ राजदूतावासले हरेक वर्ष पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिताको आयोजना गर्दै आएको छ । जसमा नेपाल, चीन लगायत अन्य देशका टोलीहरूको सहभागिता रहदै आएको छ । यसै सन्दर्भमा मिति २०२५ अक्टोबर १८ देखि १९ गते सम्म तेस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट प्रतियोगिता पोखरा स्थित फेवातालमा आयोजना गर्न लागिएको हुँदा ईच्छुक समूहले तपसिलको अनलाईन आवेदन फारम वा QR मार्फत टिम दर्ता गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
नोट: समुह दर्ता शुल्क लगायत अन्य खेल सम्बन्धि सूचना यसै QR मा समावेश गरिएको छ । थप सम्पर्कका लागि सम्पर्क नं. ९८५६००३०५२
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।