पोखरा हुने कार्यक्रम तालिका (Pokhara Event Calendar) सम्बन्धि सूचना .
२०८२-०५-२२ | Business Promotion
सूचना नं.: ००१/०८२/०८३
पोखरा हुने कार्यक्रम तालिका (Pokhara Event Calendar) सम्बन्धि सूचना .
(प्रकाशित मिति: २०८२/०५/२२ गते आईतबार)
प्रस्तुत विषयमा पोखरा महानगरपालिकाले पर्यटनका क्षेत्रमा गतिविधि चलायमन गराउन का लागि यस वर्ष पोखरा भ्रमण वर्ष २०२५ समेत घोषणा गरी विभिन्न कार्यक्रमहरू गरी रहेको छ । पोखरामा आयोजना हुने सबै उत्सव , मेला महोत्सव, राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलहरु, इभेन्ट, पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरू र पोखरामा हुने सबै गतिविधिहरुको तथ्याङ्क अद्यावधिक गर्ने कार्य गर्न लागिएकाले यहाँहरुले विगत देखि गर्दै आउनु भएका र अब योजना गरी निरन्तर रूपमा गर्ने योजनामा रहेका कार्यक्रमहरूको विवरण यसै सूचनामा माग भए बमोजिमको ढाँचामा कार्यालयमा वा अनलाइन QR मार्फत वा यहाँ दिएको WhatsApp/Viber नं (९८५६००३०५२) मा उपलब्ध गराई तथ्याङ्क अद्यावधिक कार्यमा सहयोग गरी दिनु हुन अनुरोध छ ।
|
जानकारी आवेदनको ढाँचा कार्यक्रमको नाम: आयोजक/संस्थाको नाम: सम्पर्क व्यक्ति: सम्पर्क नं.: कार्यक्रम हुने स्थान: कार्यक्रम मिति: कार्यक्रम अवधि(कति दिन): ईमेल: कार्यक्रमको प्रकार/प्रकृति: मुख्य क्रियाकलापहरु: १. २. |
QR अनलाईन लिंक: http://bit.ly/pokharaprograms |
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।