स्थानीय पर्यटक पथ प्रदर्शक (City Tour Guide) लाई पुनर्ताजगी तालिम (Refreshment Training)
२०८२-०५-२० | Business Promotion
सूचना नं.: ०२/२०८२/०८३
प्रथम पटक प्रकाशित मिति: २०८२/०५/२० गते शुक्रबार
यस पोखरा महानागरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पर्यटकीय गन्तव्य बारेमा थप जानकारी र क्षमता विकास गराउनका लागि स्थानीय पर्यटक पथ प्रदर्शक (City Tour Guide) लाई पुनर्ताजगी तालिम (Refreshment Training) आयोजना हुने हुँदा तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले प्रथम पटक प्रकाशित मितिले ७ दिन भित्र आवेदन दिनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ .
अभिमुखीकरण कार्यक्रम हुने मिति: २०८२/०५/३० गते
समय: बिहान १०:०० बजे
स्थान: व्यवसाय प्रवर्द्धन केन्द्र हल, पोखरा सभागृह, कास्की
आवश्यक कागजात:
· न्यूनतम City Tour Guide तालिम लिएको प्रमाण पत्रको प्रतिलिपि,
· नागरिकताको प्रतिलिपि,
· अनुभावको प्रमाण कुनै पनि ट्राभल्स एजेन्सी वा पर्यटन कार्यालयमा दर्ता भएका एजेन्सी, कम्पनि, फर्म,
· आवेदन फर्म,
· २ वटा फोटो .
अनलाईन आवेदन फारम: https://bit.ly/2082citytourguide
सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह
यदि प्रिभ्यू लोड भएन भने, तलको बटनबाट डकुमेन्ट खोल्नुहोस् वा डाउनलोड गर्नुहोस्।