रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कार्यक्रम
April 22, 2025 | Business Promotion

सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: १९/०८१/०८२
प्रथम पटक प्रकाशित मिति: २०८२/०१/०९ गते मंगलबार
यस पोखरा महानागरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम युवासँग महानगर उद्यमशीलता विकास तथा स्टार्टअप साझेदारी कार्यक्रम अनुसार पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष र गण्डकी विश्वविद्यालयको साझेदारीमा “स्वदेशी बसाई विदेशी कमाई, बैंकको लगानी सरकारी जमानी” भन्ने मूल नाराका साथ रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कार्यक्रम मार्फत नेपालमा रोजगारीको सिर्जना गरी यूवा जनशक्तिलाई स्वदेश मै उद्यमी बनाउने उद्देश्यमा केन्द्रित रही सूचना प्रविधि क्षेत्रमा अध्ययन तथा रोजगारीका लागि यस कार्यक्रममा तपसिलको योग्यता पुगेको नेपाली नागरिकले प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिन भित्र आवेदन दिनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ .
अनलाईन फारम: https://forms.gle/seEZg1GVTaPbMp6VA
आवश्यक कागजात:
• राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
• Curriculum Vitae (CV),
• १०+२ कक्षा उत्तीर्णको प्रतिलिपि ,
• सूचना प्रविधि(Information Technology) सम्बन्धि कम्तिमा 12 Credit Hours कोर्ष अध्ययन गरेको प्रमाणित हुने प्रमाणको प्रतिलिपि,
• अभिभावकको नागरिकताको प्रतिलिपि,
• उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको,
नोट: छनौट प्रक्रिया लिखित परिक्षा र अन्तर्वार्ताको आधारमा हुनेछ .
सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह , कास्की
Download files**
Download