व्यवसाय स्वास्थ्य जाँच (Business Health Checkup)
April 17, 2025 | Business Promotion

सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: १८/०८१/०८२
प्रथम पटक प्रकाशित मिति: २०८२/०१/०५
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रले महानगरपालिका भित्र रहेका उद्यम क्लिनिक मार्फत व्यवसाय स्वास्थ्य जाँच (Business Health Checkup) गर्नका साथै समस्या पहिचान, समाधानका उपायको खोजी गर्नु र दिगो व्यवसायिक विकास वृद्धिमा टेवा पुगाउनु तथा व्यवसायिक क्षमता अभिवृद्धि प्रवर्द्धन, उद्यमीहरुको संख्या वृद्धि गर्नु र दिगो व्यवसायिक वातावरण सृजनामा सहयोग गर्न तपशिल बमोजिमका योग्यता पुगेको इच्छुक उत्पादन र सेवा मुलक क्षेत्रका फर्म, कम्पनि, सहकारी र समितिहरुले प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र रित पुर्वकको आवेदन व्यवसाय प्रवर्द्धन केन्द्र कार्यालयमा पेश गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ .
आवश्यक कागजातहरु:-
- व्यवसाय, दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
- प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि,
- करचुक्ता दर्ता प्रमाण पत्रको प्रतिलिपि,
- नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि,
- पोखरा महानगरपालिकामा व्यवसाय दर्ता भए सो को प्रमाण पत्रको प्रतिलिपि .
Download files**
Download