मजदुर तथा उद्यमी सम्मान कार्यक्रम
April 23, 2025 | Business Promotion

सूचना ! सूचना !! सूचना !!!
सूचना नं.: २०/०८१/०८२
प्रथम पटक प्रकाशित मिति: २०८२/०१/१० गते बुधबार
यस पोखरा महानागरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रको चालु आ.व.२०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत उद्यमी तथा मजदुरहरुलाई उत्प्रेरणा प्रदान गरी स्वदेशमा नै उद्यमी र दक्ष जनशक्ति अभावलाई पूर्ति गरी राज्यको आर्थिक समृद्धिको टेवा पुगाउनुका साथै उद्देश्य अनुरुप १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्यमी तथा मजदुर सम्मान कार्यक्रम एवं संवाद गर्न लागिएकाले तपसिलको योग्यता पुगेका नागरिकले सूचना प्रकाशित मितिले ५ दिन भित्र आवश्यक कागजात सहित आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ .
मजदुर सम्मान कार्यक्रम (आवेदकको योग्यता):
- न्यूनतम १० वर्ष सेवा गरेको प्रमाणित हुने प्रमाणको प्रतिलिपि,
- नियुक्ति पत्रको प्रतिलिपि,
- नागरिताको प्रतिलिपि,
- आवेदन फर्म,
- सम्बन्धित कार्यालयको सिफारिस पत्र
उद्यमी सम्मान कार्यक्रम (आवेदकको योग्यता):
- उद्योग व्यवसाय दर्ता वा नवीकरणको प्रमाणपत्रको प्रतिलिपि,
- स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
- अघिल्लो वर्षको कर चुक्ता,
- स्थानीय निकाय व्यवसाय कर तिरेको प्रमाण,
- रोजगारी प्रदान गरेको संख्या प्रमाणित हुने प्रमाणपत्र को प्रतिलिपि,
नोट: पछिल्लो ३ वर्षमा कुनै पनि सरकारी निकायबाट पुरास्त्कार र सम्मान प्राप्त नभएको हुनुपर्नेछ .
सम्पर्क:- सूचना अधिकारी: ९८५६०७००३७, व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह , कास्की
Download files**
Download